मृत सपनाका जिवित यादहरु💔
feather icon प्रकाशन मिती: २०७७ पुस २४ गते

आमा!, "हाम्रा बा' किन नबोलेका?"

तेरा बा' अब कोहि सँग बोल्दैनन् छोरा, भगवानका प्यारा भइसके!
अनि तुलसीको मोठ अगाडि चाहि अक्सिजन पाएर बाचिहाल्छन कि भनेर राखेको हो आमा?
पल्लाघरे काकाले एकोहोरो शंख फुक्न थाले, एक्लोपनले मरेका मेरा बा'को मृत सपनाको मलामी जान सयौंको जमात भेला भयो।
बा' दोहोरो संवाद हुन नपाइ एकोहोरो शंख बजाएर गयौ है!

बा'को भौतिक शरिरलाइ दागबत्ती दिदै गर्दा उनका सपना जस्तै लाखौं कपाल मुण्डन गर्न किन लगाको काका?
काका मेरो खौरिएको कपाल त पलायो,
के मेरा बा'को खौरिएको सपना पनि पलाउछ हो?
तर बा' पल्लाघरे काकाले मुण्डन गर्दै गर्दा
टुप्पि छाडिदिएका थिए नि
थाहा छ?
सायदै ती टुप्पिहरुले मलाई भनिरहेका छन" बा'का हजारौं सपना मरेर गएपनि छोडिएका केहिलाई नतुहाउनु है!"

ती वैतरणी(बैतर्नी), दशदान, र अष्टदान गर्ने पैसा जोहो गरेर बा'लाई दमको औषधि किनिदिएको भए बा'का केही सपनाहरु जीवित हुन्थे होला है आमा!
आमा! दम त हाम्रा बा'का सपनामा हुनुथ्यो नकि हाम्रा बुबामा!
पण्डित बा'लाई वैतरणीमा(बैतर्नी) दान गरेको बाछी र तेह्रौं दिनमा दिएको गाई पालेर दूध खाएको भए तिम्रा सपनाहरू कुपोषण लागेर मर्ने थिएनन् होला है बा'?
आमा!, हामी धनी भएर बा'को परान(प्राण) जाने बेलामा,
बा'को मुखमा सुनपानि हाल्देको भए सायदै हाम्रा बा'का सपनाहरु बाच्थे होला है!
आमा! कस्ले भन्यो मरेर केही लगिँदैन भनेर....
ती मलामी जाँदै गर्दा बा'को लाश पछिपछि फ्याकेका बुर्की नामक धान र टिला नामक पैसाको पैंचो र ऋण(रन) तिर्यौ आमा!
सायद ती टिलाहरुले ऐश्वर्यको मात चढेका मलामीलाइ" मृत्युको अगाडि पैसाको धाक नलगाउदा हुन्छ" भन्दै थियो होला है!

बाचुन्जेल हाम्रा बा'का कुरा काट्नेहरु पनि मरेपछि दु:ख साट्न आउदा रहेछन है आमा!
आमा! बाचुन्जेल मेरा बा'का अनुहार नहेर्नेहरुले मरेपछि त कात्रो हटाइ-हटाइ हेर्दा रहेछन् है!
बाचुन्जेल गुन नलगाउने आफन्तहरु दशौं दिनको दिन नुन खान आउदा रहेछन है!
एघारौं दिनका दिन खोचा गाँस्न आउनेहरुले हाम्रा बा' बाचुन्जेली सुख गाँस्न कहिल्यै आएनन् है!

बा'....
लाखौं खर्च गरेर सहरमा पढाएको तिम्रो छोरालाई तिम्रो हत्केलाका ठेला, रित्तो गोजी र च्यातिएको दौराले जति शिक्षा कुनै बिश्वबिद्धालयले दिन सकेन बा'
बा'.....
तिम्रो सपनाको झिनु सास मात्रै बाँचेको भए
आमाका भाग्य नामका सिन्दुर मेटिएर
बिधुवा हुने थिइनन् होला है!
आमा....
निकै भारि थियो त्यो लास सायद हजारौं सपना सँगै लिएर गएका थिए होला।
बा' तिम्रो काँधमा खेल्दै म हुर्किए अफसोच मेरो काँधमा परेको दिन तिमी जल्यौ!
बा' तिम्रा सपनाको स्वर्गारोहणको तेह्रौं दिनको दिन भन्दैछु,
हार्दिक श्रद्धा सुमन!
हार्दिक श्रद्धा सुमन!!
हार्दिक श्रद्धा सुमन!!!

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

मिती : November, 2018

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

मिती : 2016

मुना मदन

मुना मदन

लेखक : Laxmi Prasad Devkota

मिती : Evergreen

चामल खानेहरू र चौलानी पिउनेहरू

चामल खानेहरू र चौलानी पिउनेहरू

लेखक : Santosh Lamichhane

मिती : September, 2015

hanger image top border

BOOKSView All

अल्टिमेट आकाश

अल्टिमेट आकाश

लेखक : Santosh Lamichhane

प्रकाशन: November, 2018

बितरक : Samakalin Sahitya Pratisthan

भावनाको तरेलीमा

भावनाको तरेलीमा

लेखक : एन. पी. खतिवडा

प्रकाशन: 2016